मुस्लिम संघद्वारा पर्वमा सार्वजनिक बिदाको माग गर्दै ज्ञापन

सदरलाइन संवाददाता ३ श्रावण २०७८, आईतवार १८:१६
 


नेपालगञ्ज  : मुस्लिम समुदायको इदुल अजहा (बकर ईद)मा सार्वजनिक विदाको माग गर्दै मुस्लिम समाज बाँकेले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

देशका सम्पूर्ण नागरिकको सुरक्षा र आस्थाको सम्मान गर्नु राज्यको कर्तव्य भएको भन्दै मुस्लिम समाजले ज्ञापनपत्र बुझाएको हो । केपी शर्मा ओलीको सरकारले पहिलो क्याविनेटबाट सम्पूर्ण विदाहरु कटौती गरेको कटौती गरिएको सम्पूर्ण विदा पुनः स्थापित गर्न नेपाल मुस्लिम संघले माग गर्दै आईरहेको कुरा ज्ञापनपत्रमा उल्लेख छ ।


कटौती गरिएका सम्पूर्ण समुदायका चाडपर्वका विदाहरुको पूर्ववत रुपमानै पुनः स्थापित गर्न माग गर्दै नेपाल मुस्लिम संघ बाँकेले श्रावण ६ गते मुस्लिम समुदायको इदुल अजहा (बकर ईद) पर्न जाने भएकोले अविलम्ब सार्वजनिक बिदा घोषणा गरि मुस्लिम समुदायमा सकारात्मक संदेश प्रवाह गर्न समेत ज्ञापनपत्र मार्फत आग्रह गरेको छ ।

नेपाल मुस्लिम संघ बाँकेका सभापति लुम्बिनी प्रदेश सभा सदस्य मो. याकूब अंसारीले बुझाएको ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले सम्बन्धित ठाँउसम्म पुर्याउने प्रतिबद्धता जाहेर गरे । साथै उनले मुस्लिम समुदायको पर्व इदुल अजहा (बकर ईद) लाई सबैले स्वास्थका मापदण्डलाई पालना गरेर मनाउन आग्रह समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउने सोमवारमा बागेश्वरीमा भक्तजनको भीड

३ श्रावण २०७८, आईतवार १८:१६
नेपालगञ्ज : भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमबार नेपालगञ्जको बागेश्वरी मन्दिरमा सोमवार पूजापाठ गर्ने भक्तजनहरूको भिड लागेको छ । कोभिडका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बिहान मन्दिर परिसरमा भक्तजनहरू शिव पूजनका लागि फूलमाला र अक्षता बोकेर बागेश्वरी मन्दिर पुगेका थिए । मुल मन्दिरभित्र […]

सम्बन्धित