पाटेबाघको छालासहित कैलालीमा दुई पक्राउ

सदरलाइन संवाददाता ३० असार २०७८, बुधबार १५:५१
 

कैलाली : गौरीगङ्गा नगरपालिका–७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका–५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका–१ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह (आरआइटी)को टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार प्लाष्टिकको सेतो कट्टामा बोकेर हिँडिरहेको अवस्थामा रोकेर जाँच गर्दा कट्टाभित्र लम्बाइ १० फिट र चौडाइ छ फिट सात इन्च भएको पाटेबाघको छाला फेला परेको हो । पक्राउ परेका उनीहरूलाई छालासहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २१ जनामा कोरोना पुष्टि

३० असार २०७८, बुधबार १५:५१
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जिल्लाका दुई वटा प्रयोगशालामा १ सय १७ नमुना परीक्षण गर्दा २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको ल्यावमा ६० नमुना परीक्षण गर्दा १७ र नेपालगञ्ज मेडिकल कोहलपुरमा ५७ नमुना परीक्षण गर्दा ४ […]