नेपालगञ्ज : नेपालगञ्जको जमुनाह नाकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बुधवार एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–११ का २५ वर्षीय राजिव थारु पक्राउ परेको बाँके प्रहरीले जनाएको छ ।
रुपइडिहाबाट नेपालगञ्ज आउँदै गरेका थारुलाई शंका लागेपछि प्रहरीले जाँच गर्दा उनले अन्डरवेयरभित्र लुकाई राखेको २ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
लागुऔषध नियन्त्रण व्यूरोका प्रहरी नायव उपरीक्षक प्रेम अधिकारी र जमुनाह प्रहरीको संयुक्त पहलमा पक्राउ परेका थारुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।
यसअघि मंगलवार पनि जमुनाह नाकाबाट प्रहरीले लागुऔषधसहित कोहलपुरका युवालाई पक्राउ गरेको थियो ।