५ अर्बको खोप खरिद गर्ने अर्थमन्त्री शर्माको निर्णय

सदरलाइन संवाददाता ३० असार २०७८, बुधबार १३:४१
 

काठमाण्डौ : अर्थमन्त्री जनार्दन शर्माले खोप खरिदका लागि ५ अर्ब रुपैयाँको सहमतिसहित तीनवटा निर्णय गरेका छन् । मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

पदभार ग्रहणका क्रममा उनले कुल चार वटा फाइल सदर गरेका छन् । यस्तै उनले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमतिअनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गरेका छन् ।


यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध हुनेछ । कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गरेका छन् ।

पदभार ग्रहणपछि उनले कोभिड–१९ ले असर पारेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने चुनौती थपिएको बताए । आर्थिक वृद्धि कमजोर रहेको र कोरोनाका कारण अर्थतन्त्रमा परेको असर कम गराउने काम गर्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा चालु आर्थिक वर्षमा पाँच जना डेंगुका विरामी भेटिए

३० असार २०७८, बुधबार १३:४१
नेपालगञ्ज : बाँकेमा चालू आर्थिक वर्षमा पाँच जना डेंगुका विरामी भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बुधवार डेंगु तथा अन्य किटजन्य रोग रोकथाम तथा लामखुट्टेको लार्भा नष्ट सम्बन्धि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा चालू आर्थिक वर्षको हालसम्म जिल्लामा पाँच जनामा डेंगु संक्रमण देखिएको जानकारी दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एउटा ग्यारेजमा […]