दाङ : जिम क्लबभित्र एक युवामाथि खुकुरी प्रहार गरिएको छ । मंगलवार बिहान तुलसीपुर ८ दोघरेमा रहेको केएम जिम क्लबमा जिम गरिरहेका तुलसीपुर ५ रानी जरुवाका २३ वर्षीय विशाल सुनारमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट सुनार घाइते भएका छन् ।
प्रहरीका अनुसार पुरानो रिसिबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । खुकुरी प्रहार गर्ने बबई गाउँपालिका ५ का ३२ बर्षीय निर्मल बस्नेतले पुरनो रिसिबीका कारण खुकुरी प्रहार भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।
खुकुरी प्रहार गर्ने बस्नेत फरार छन् भने प्रहरीले बस्नेतको खोजी कार्यलाई तिब्र बनाएको छ । घाइते सुनारको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटना मंगलवार बिहान ६ बजे भएको हो ।