बाँके प्रहरीद्वारा रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जनालाई नियन्त्रणमा

सदरलाइन संवाददाता २७ असार २०७८, आईतवार ११:३४
 


नेपालगञ्ज :  बाँके प्रहरीले संरक्षित रेड पाण्डाको छाला र भालुको पित्तसहित ३ जनालाई नियन्त्रणमा लिएर पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ्ग र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक रहेको राप्ती गेष्टहाउसको कोठा नं. १० बाट दाङ्ग घोराही उपमहानगरपालिका वडा नं. ४ का ४९ वर्षिय भक्तबहादुर पुन, ४१ वर्षिय केशव पुन र शान्तिनगर गाउपालिका–१ का २१ वर्षिय रोबिन बुढालाई शनिबार राती पौने ९ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए ।


प्रहरीले उनीहरुको साथबाट संरक्षित रेड पण्डाको छाला १ थान, भालुको पित्त जस्तो देखिने बस्तु ४ थान बरामद गर्न सफल भएको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ३ जना माथि वन ऐन २०७६ को दफा ४९ को (त) कसुरमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ ५देखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।

बाँके प्रहरीले असार महिनामा मात्रै चरीबाघको छाला, चितुवा प्रजातिको छाला, रेड पण्डाको छाला र भालुको पित्त जस्ता संरक्षित र दुर्लभ बन्यजन्तुको चोरी सिकारीको अभियोगमा विभिन्न मितिमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए । प्रहरीले बरामद सामान सहित तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय बाँकेमा पठाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशमा डेल्टा फेला परेको पुष्टि

२७ असार २०७८, आईतवार ११:३४
पोखरा : गण्डकी प्रदेशमा कोभडि(१९ को नयाँ भेरयिन्ट डेल्टा फेला परेको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य नर्दिेशनालयका अनुसार गत जेठ ३१ गते काठमाडौं पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरयिन्ट पुष्टी भएको हो । प्रदेशको स्वास्थ्य नर्दिेशनालयका अनुसार पाँचै जनामा डेल्टा ९ब।ि१।६१७।२० भेरयिन्ट पुष्ट िभएको हो । यो […]