बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकाले किसानलाई कृषिकर्ममा सहयोग पुराउन अनुदानमा मिनी ट्रिलर उपलब्ध गराएको छ । गाउँपालिकाले कृषि क्षेत्रको व्यवसायिकरणका लागि किसानहरुलाई सहयोग होस् भन्ने उद्देश्यले अनुदानमा मिनी ट्रिलर सहयोग गरेको जनाएको हो ।
गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानवहादुर ऐडीले गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका ८० जना किसानहरुलाई छनौटगरी ५० प्रतिशत अनुदानमा मिनी ट्रिलर उपलब्ध गराइएको जानकारी दिए ।
उनले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम अनुसार कृषि कर्म गर्नको लागि सहज होस भन्नका लागि आधुनिक सामग्री सहयोग गरिएको बताए । ‘गाउँपालिकाले अनुदानमा प्रदान गरेका सामग्रीबाट कृषि क्षेत्रको विकासका साथै जिविकोपार्जनमा समेत सहयोग पुग्ने विश्वास गरेका छौ’–उनले भने ।
गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचाल ठकुरीले कृषिको आधुनिकीकरण र ब्यावसायिकरणका लागि एकसाथ धेरै किसानलाई आधुनिक उपकरण सहयोग गरिएको बताएका छन् । कृषि क्षेत्रको विकास नै किसान र गाउँपालिकाको समृद्धिको आधार भएको उनले बताए ।
विगतका वर्षदेखि नै गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको अध्यक्ष ठकुरीले बताएका थिए । आर्थिक वर्ष २०७८÷०७९ मा समेत नीति तथा कार्यक्रम र बजेटको प्रमुख प्राथमिकताका रुपमा गाउँपालिकाले कृषि क्षेत्रलाई राखेको छ ।
बैजनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक वडा एक पकेट क्षेत्र घोषणा गर्ने, तकारी खेती प्रवद्र्धन र विकासमा जोड दिने नीति लिएको अध्यक्ष ठकुरीको भनाई छ । गाउँपालिकाले माछा पालकलाई प्रोत्साहित गर्ने र शित भण्डार लागि आवश्यक पहल गर्ने पनि बताएको छ ।