बैङकका कर्मचारी आन्दोलित

सदरलाइन संवाददाता २० असार २०७८, आईतवार १९:१९
 


नेपालगञ्ज : नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोष बैङ्कमा कार्यरत कर्मचारीको हितमा नभएको भन्दै बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

सामाजिक सुरक्षा कोष आफुहरुको हितमा नभएको भन्दै आइतबार कोहलपुर क्षेत्रका कर्मचारीहरु सडकमा नै व्यानर सहित विरोध जनाउदै उत्रिएका हुन् ।


उनिहरुले खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा कोषमा जबर्जस्ति लैजान खोजेको भन्दै आन्दोलनमा आउनुपरेको बताएका छन् ।

आईतवार बिहान कोहलपुर बैंकर क्लवको अगुवाईमा बैंकका कर्मचारीहरुले सडकमा विरोध प्रदर्शन गरेको क्लवका प्रवक्ता बसन्त रेग्मीले जानकारी दिए । यसैगरि बाँकेको नेपालगञ्जमा गत शुक्रवार सिद्धार्थ बैंक अगाडि कर्मचारीहरुले कालो ब्यानर टाँगेर सोको विरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ को परीक्षा साउनको तेस्रो वा अन्तिम सातामा गर्ने बोर्डको तयारी

२० असार २०७८, आईतवार १९:१९
काठमाडौः  कोरोना कहरका कारण स्थगित भएको कक्षा १२ को परिक्षा साउन भित्र सञ्चालन गर्ने गरि तयारी अगाडि बढाउदै राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालय संग अनुमति मागेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा आगामि साउनको तेस्रो वा अन्तिम सातामा सन्चालन गर्नेगरि शिक्षा मन्त्रालयसँग […]