कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले स्थानीय कृषकलाई बुंगुरपालनमा प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन गरेको अनुदान कार्यक्रमको अनुगमन गरिएको छ ।
आर्थिक वर्ष ०७७/७८ मा ९ लाख ५३ हजार स्थानीय ५० जना कृषकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको नगर पशु सेवा कार्यालयका गोविन्द रोकायाले जानकारी दिए ।
कोहलपुर नगरपालिका आर्थिक विकास समितिको संयोजक डिलबहादुर परियार लगाएतको टोलीले अनुदानमा प्राप्त बुंगुरका पाठा, पाठीहरुको अवस्था कृषक छनौट प्रक्रिया बारे जानकारी गराईएको थियो ।
कूल बजेट मध्ये ८० प्रतिशत रकम बुगुरका बाठापाठी खरिद गरी ५ वटा समुहलाई हस्तान्तरण गरिएको छ । भने बाँकी २० प्रतिशत रकम कृषकलाई तालिम बुंगुरलाई औषधि, अनुगमनमा खर्च गरिने बताइएको छ । कोहलपुरका ५० जना कृषकलाई दुई सय ५० संख्यामा बुंगुरका पाठा, पाठी वितरण गरिएको थियो ।