दैलेखमा बाढीले बगाउँदा एक बेपत्ता

सदरलाइन संवाददाता २८ जेष्ठ २०७८, शुक्रबार ११:४८
 

दैलेख : बिहीबार परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा दैलेखमा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भैरवी गाउँपालिका–२ का ५० वर्षीय केशर बहादुर थापा रहेका छन् ।

धानको ब्याड राखी घर फर्किने बेला एक्कासि वर्षासँगै स्थानीय परिगार्ड खोलामा आएको बाढीले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार घटना भएको खबरपछि प्रहरी टोली घटनास्थलमा पुगेर बाढीले बेपत्ता पारेका केशरको खोजी कार्य भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज विश्व बालश्रमविरुद्धको दिवस मनाईंदै

२८ जेष्ठ २०७८, शुक्रबार ११:४८
नेपालगञ्ज : शनिवार विश्व बालश्रम विरुद्धको दिवस मनाईंदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । यो वर्ष समग्र अन्तर्राष्ट्रिय समुदायलाई बालश्रम अन्त्य गर्न आह्वान गरीएको छ । कोरोना सङ्क्रमण जोखिम र महामारीले बालबालिकाको अधिकार, उनीहरुको सुरक्षा तथा विकासमा समेत जोखिम उत्पन्न भएको […]