बर्दिया : बर्दिया प्रहरीे निषेधज्ञा उलंघन गरी सवारी चलाउनेलाई नियन्त्रणमा लिएर कारवाही गर्न सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार निषेधाज्ञामा सवारी पास नलिई बस चलाएको अभियोगमा दुई वटा बसका चालकलाई एक महिना कैद र सय रुपैयाँ जरिवाना तोकिएको हो ।
उनले निषेधाज्ञामा सवारी पास नलिई यात्रु ओसारेको अभियोगमा ना ५ ख ६६४८ नं. र भे १ ख २२३६ नंम्बरको बसलाई राजापुर क्षेत्रमा नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्दा प्रमुख जिल्ला अधिकारीले सुनुवाई गर्दै ती दुबै बसका चालद्वयलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार १ महिना कैद र एक सय रुपैयाँ जरिवाना तोकिएको जानकारी दिए ।
कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बृद्धि भएसंगै बर्दियामा पनि संक्रमणको दर उच्च रहेको छ । बर्दियामा पनि संक्रमणको चेन ब्रेक गर्नको लागि निषेधज्ञा जारी गरिएको छ । निषेधज्ञा अवज्ञा गर्नेलाई प्रमुख जिल्ला अधिकारीले मुद्दा सुनुवाई गर्ने व्यवस्था रहेको छ ।