लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गयो

सदरलाइन संवाददाता ५ जेष्ठ २०७८, बुधबार १०:५४
 

नेपालगञ्ज : बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।


भूकम्पको ठुलो धक्का काठमाडौं पोखरा चितवनलगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । धक्कापछि केही मानिसहरु सडकमा पनि निस्किएका थिए ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुम जादै गरेको बस दुर्घटना हुँदा ४ को मृत्यु

५ जेष्ठ २०७८, बुधबार १०:५४
नेपालगञ्ज : रुकुम जाँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने नवलपरासी जिल्लाको बर्दघाट दाउन्ने सडकखण्डको सिस्नेखोला नजिकै बुधवार बिहान ६ बजे बस दुर्घटना भएको हो । […]