समाजसेवी शाहद्वारा भेरीलाई १ लाख सहयोग

सदरलाइन संवाददाता ११ बैशाख २०७८, शनिबार १७:५४
 

नेपालगञ्ज : नेपालगञ्जमा कोरोना संक्रमण बढ्दै जाँदा भेरी अस्पतालमा अक्सिजनको अभाव भएपछि सहयोगी हातहरु अघि बढेका छन् ।

अक्सिजनको अभाव हुन नदिन सहयोगी दाताहरुले आर्थिक सहयोग गर्ने कार्य जारी छ । कोरोना उपचारमा अक्सिजन अभाव नहोस् भन्दै स्थायी घर दाङ भएका नेपालगञ्ज निवासी समाजसेवी एवं सफल युवा ब्यवसायी संगम शाहले बाँकेमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने सिलिण्डरमा प्रयोग हुने अक्सिजन खरिदका लागि शनिवार १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरे ।


शाहले उक्त रकमको चेक भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापालाई हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि शाहले गत बर्ष अस्पताललाई ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट नेपालगञ्जकी एक महिलाको मृत्यु

११ बैशाख २०७८, शनिबार १७:५४
नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ की ५५ वर्षीया महिलाको शनिवार विहान पौने ९ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । योसंगै कोरोनाबाट बाँकेका ७७ जनाको मृत्यु भइसकेको छ […]