नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमण हुने दर बढेसङ्गै आव्हान गरिएको नेपालगञ्ज लकडाउनको पहिलो दिनमा बजार पूर्ण रुपले बन्द गरिएका छन् । बन्दका कारण नेपालगन्ज बजार सुनसान छ ।
नेपालगञ्जका विभिन्न चोक तथा सडकहरुमा अत्यावश्यक सेवाका लागि मानिसहरुको हिडडुल रहेको छ । विहान भारतका विभिन्न स्थानबाट आउनहरुलाई जमुनाहबाट नगरबसमा बसालेर सिधै बसपार्कमा पुुराईएको थियो ।
यसैबीच लकडाउनको अवस्थाबार स्थलगत बुझ्नका लागि बाँकेका प्रमसख जिल्ला अधिकारी शिवराम गेलाल, बाँकेका प्रहरी प्रमुख एस्पी ओमबहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक अशोकबम लगायतको टोलीले सीमा क्षेत्रको जमुनाह, तथा नेपालगञ्जको विभिन्न स्थानमा पुगेको थियो ।
फोटो रुद्र सुवेदी : सदरलाइन डटकम