कोहलपुर (बाँके) : कोहलपुरमा शुक्रबार बेलुका भएको सवारी दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिक बस र टिप्पर ठोक्किँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको हो ।
सनाखत हुनेहरुमा टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं. ३ बस्ने २५ वर्षिय खगेन्द्र बहादुर सुनार, सहचालक कोहलपुर १२ बस्ने २१ वर्षिय उदय बाँठा, बसका साहु मेचीनगर नगरपालिका झापाका ४५ वर्षिय छत्र बहादुर कटुवाल, सोही बसमा रहेका सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवन कुमार विक र सिरहा जिल्ला सुखिपुर गाउपालिका वडा नं. ५ की अम्बिका कान्ति रहेका छन् ।
सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेपछि उनिहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घाईते सबैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।