२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

होली पर्वका अवसरमा ट्राफिक व्यवस्थापनमा कडाई



नेपालगञ्ज : होली पर्वमा अवाञ्छित गतिविधि हुन नदिन ट्राफिक प्रहरी बाँकेले ट्राफिक व्यवस्थापनमा कडाइ गरेको छ ।

ट्राफिक प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राखेर आइतबार बिहानैदेखि सवारी चेकिङलाई कडाइ गरेको हो । नेपालगञ्जका चोकहरु, खजुरारोड, कोहलपुर रोड, जमुनाह रोड, रिमझिम रोड, राजमार्गका भित्रि सडक लगायतका स्थानमा ट्राफिक चेकिङ भइरहेको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ ।

प्रहरीले होलि पर्व घरभित्रै मनाउन माइकिङमार्फत जानकारी गराइ रहेको छ ।

प्रकाशित मिति : २०७७ चैत १५ गते आइतबार
ताजा समाचार