घरमै होली मनाउन बाँके प्रशासनको आग्रह

सदरलाइन संवाददाता १४ चैत्र २०७७, शनिबार १४:३७
 

नेपालगञ्ज : बाँके प्रशासनले घरमै होली मनाउन आग्रह गरेको छ । भारतमा दोस्रो लहरको कोरोना भाइरस तीब्ररुपले फैलिरहेको तथा नेपालगञ्ज जमुनाहा नाकामा समेत भारतको गुजरातबाट आएका एक ब्यक्तिमा कोरोना देखिएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले शनिवार सूचना जारी गर्दै सार्वजनिक स्थानमा भिडभाड नगरी आ–आफ्नो घरमा मर्यादितरुपमा होली मनाउन आग्रह गरेका छन् ।


जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने तथा होली पर्व मनाउन सार्वजनिक स्थानमा जम्मा भई भिडभाड गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।

Next Post

साथीले चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु

१४ चैत्र २०७७, शनिबार १४:३७
दाङ : दाङमा सिकार खेल्न गएको समयमा आफ्नै साथीले चलाएको बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ कलमघारी वनमा बँदेल मार्न भन्दै गएका सोही ठाउँका टेकबहादुर गुरुङको साथीले चलाएको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नावय उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी […]