डुडुवाबाट सालको अवैध काठ बरामद

सदरलाइन संवाददाता १४ चैत्र २०७७, शनिबार १४:२७
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाबाट ठुलो परिमाणमा सालको अवैध काठ बरामद भएको छ । ईलाका प्रहरी कार्यालय हिर्मिनीया र सशस्त्र प्रहरीको कालाबन्जर बिओपीको संयुक्त टोलीले डुडुवा ६ बेहननपुर्वामा खेतमा परालले छोपेर राखिएको अवस्थामा ११६ क्यु फिट सालको अवैध काठ बरामद गरेको हो ।


अवैधरुपमा चोरी तस्करीका लागि तयारी अवस्थामा राखिएका ११ गोलिया सालको काठलाई सामुदायिक बन र जिल्ला बन कार्यालयको जिम्मा लगाइएको छ । सालको काठ तस्करीका लागि लगिदै छ भन्ने बिशेष सूचनाका आधारमा गएको ईलाका प्रहरी हिरमिनियाका प्रमुख प्रहरी नायब निरीक्षक नदिराम खड्का र कालाबन्जर बिओपीका सशस्त्र प्रहरी सहायक निरीक्षक लिलाराम रोकाको संयुक्त टोलीले शुक्रवार राती १२ बजे उक्त काठ बरामद गरेको हो ।

Next Post

घरमै होली मनाउन बाँके प्रशासनको आग्रह

१४ चैत्र २०७७, शनिबार १४:२७
नेपालगञ्ज : बाँके प्रशासनले घरमै होली मनाउन आग्रह गरेको छ । भारतमा दोस्रो लहरको कोरोना भाइरस तीब्ररुपले फैलिरहेको तथा नेपालगञ्ज जमुनाहा नाकामा समेत भारतको गुजरातबाट आएका एक ब्यक्तिमा कोरोना देखिएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले शनिवार सूचना जारी गर्दै सार्वजनिक स्थानमा भिडभाड […]

सम्बन्धित