कारको ठक्करबाट कैलालीमा एकको मृत्यु, १ घाइते

सदरलाइन संवाददाता २८ फाल्गुन २०७७, शुक्रबार ०९:१६
 

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा कारको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१० पहलमानपुर स्थित कान्द्रा पुल नजिकै बा १४ च १७२२ को स्कारपीयोले ठक्कर दिँदा सोही ठाउँकी अन्दाजी १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।


गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै स्कारपीयोको ठक्करबाट अर्का पैदल यात्री घोडाघोडी १० कै १५ वर्षीय गणेश रावल घाइते भएका छन् ।

उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । स्कारपीयो र चालक गौरीगंगा नगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाशबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।

Next Post

लेखकले सकेसम्म, जानेसम्म राम्रो लेख्ने हो

२८ फाल्गुन २०७७, शुक्रबार ०९:१६
   बिगतमा लामो समय पत्रकारितामा संलग्न लेखक पदम गौतम हाल युरोप बसाइमा छन् । मिडियामा कार्यरत् रहँदा उनी साहित्य, राजनीति र शिक्षाका बिषयमा कलम चलाउँथे । उनका पूर्वप्रकाशित कृतिहरुमा फूलको लाशमाथि र रगतको शयनकक्षमा दुई कविता संग्रह तथा एक लासको फूल र घाम झुल्कनु अघि दुई गजल संग्रह रहेका छन् […]