म्याग्दीमा जीप दुर्घटना, एकको मृत्यु, चार घाइते

सदरलाइन संवाददाता १४ फाल्गुन २०७७, शुक्रबार ०८:४९
 

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका ४ फापरखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप बिहीवार राति सडकबाट म्याग्दी नदीमा खसेर दुर्घटना भएको हो ।

सो दुर्घटनामा परेर मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएको रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


उनका अनुसार रुखबाट लडेर घाइते भएका मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो ।

जिप दुर्घटनामा परेर घाइते भएका मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको राईले बताए । चालक बाहेक अरू सबै एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Next Post

दुई लाख नगदसहित सात जुवाडे पक्राउ

१४ फाल्गुन २०७७, शुक्रबार ०८:४९
कञ्चनपुर : कञ्चनपुरमा २ लाख नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । भिमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट २ लाख नगदसहित ७ जना जुवाडे पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार स्थानीय भुवन भण्डारीले सञ्चालन गरेको करण वार एण्ड […]

सम्बन्धित