जडीबुटी संघको २१ तथा २२औ साधारणसभा सम्पन्न

सदरलाइन संवाददाता २ फाल्गुन २०७७, आईतवार ०९:३९
 


नेपालगञ्ज : नेपाल जडीबुटी ब्यावसायी संघ ( जबान ) को बार्षिक साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको छ । संघको २१ तथा २२ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सम्पन्न भएको हो ।

प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले सो साधारण सभाको उद्घाटन गर्दै जडीबुटी क्षेत्रको बिकासमा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताए ।

उनले कोभिडको कारणले अन्य क्षेत्रसंगै जडीबुटी ब्यवसाय पनि मारमा परेको बताउदै प्रदेश सभाको बैठकमा आफुले त्यसबाट उत्पन्न समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

जडीबुटी क्षेत्रलाई प्रदेश तथा संघिय सरकारले उचित प्राथमिकता दिन नसकेको बताउदै संघका अध्यक्ष तथा प्रदेश सभा सदस्य मो याकुब अन्सारीले जडीबुटी ब्यवसाय मर्कामा परेको उल्लेख गरे ।


अध्यक्ष अन्सारीले जडीबुटी क्षेत्रको बिकास र सम्बद्र्धन गर्नका लागि अहिलेको सरकारी नीति पर्याप्त नभएको भन्दै त्यसलाई समयानुकुल परिवर्तन गर्नुपर्ने धारणा राखे । कार्यक्रममा जडीबुटी क्षेत्रको बिकासमा उल्लेखनीय योगदान पु¥याउने जिटिजेड संस्था लगायत १० जना जडीबुटी ब्यावसायीहरुलाई सम्मान समेत गरिएको थियो ।

उदघाटन सत्रपछि भएको बन्द सत्रमा प्रस्तुत गरिएको आर्थिक तथा सांगठनिक प्रतिबेदन लगायतका एजेण्डाहरु सर्बसम्मतले पारित भएको महासचिव रहिश अन्सारीले जानकारी दिए । उनले संघको बैठकबाट रिक्त रहेको उपाध्यक्ष पदमा मानबहादुर ओली तथा कोषाध्यक्ष पदमा मोहम्मद यासिन अन्सारी निर्बिरोध चयन बताए ।

Next Post

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, एक सय बढी घाइते

२ फाल्गुन २०७७, आईतवार ०९:३९
काठमाण्डौ : जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार शनिवार राति ११ बजेर ८ मिनेटमा फुकुसीमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएपनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको छैन । सुनामी अर्थात् समुद्री छालको […]

सम्बन्धित