सिक्री चोरेको आरोपमा पक्राउ

सदरलाइन संवाददाता १ फाल्गुन २०७७, शनिबार १६:३०
 

नेपालगञ्ज : बाँके प्रहरीले सिक्री चोरी गरेका एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अन्य जिल्लामा सिक्री चोरेर बाँकेमा बस्दै आएका कालिकोट रास्कोट नगरपालिका वडा न.१ बस्ने ३५ वर्षीय प्रकाश शाहीलाई पक्राउ गरेको हो ।

शाहीलाई ५९ हजार नगद र मोटरसाईकलसहित बाँकेको कोहलपुर नगरपालिका वडा नं(३ किरणनाला नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ ।


शाहीले कैलालीको चुरे गाउँपालिका वडा नं. ५ खानीडाँडा स्थित होटेलमा नास्ता खाने क्रममा होटेल संचालकलाई नसाजन्य पदार्थ मिसिएको जुस खुवाई निजको दुई तोलाको सुनको सिक्री र तीन लाख २० हजार लुटेर फरार रहेको प्रहीले जनाएको छ । पक्राउ परेका शाहीसंग भे ४ प ९५२५ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

Next Post

मैत्रीपुर्ण फुटबलमा नेकपाको टिम बिजयी

१ फाल्गुन २०७७, शनिबार १६:३०
कोहलपुर (बाँके) : २६औं जनयुद्ध दिवसका अवसरमा नेकपा कोहलपुरको आयोजनामा मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको छ । नेकपा कोहलपुर कमिटी र युवा विद्यार्थी बिच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगितामा नेकपाको टिम बिजयी भएको छ । कौशिल्यानगरको फुटबल मैदानमा भएको खेलमा २ का बिरुद्ध ३ गोल गर्दै नेकपाको टिम बिजयी भएको हो […]