२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

भेरी शीत भण्डार कोहलपुरमा भट्टराई




कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडको अध्यक्षमा बलराम भट्टराई सर्वसम्मत अध्यक्षमा चयन भएका छन ।

सो शीत भण्डारको उपाध्यक्षमा यूवराज पौडेल, सदस्यहरुमा गौरीकान्त आचार्य, कोपीला गिरी, सिताराम थारु, गणेशबहादुर कार्की, एनप्रसाद पौडेल, सफिक मोहम्मद गुजर, टेकबहादुर शाही, केशकुमारी शाही र तुलराज शाही चयन भएका छन ।

यसैगरी लेखा समितिको संयोजकमा अमरबहादुर खड्का सदस्यहरुमा बिष्णुकान्त आचार्य र रमिला थापा चयन भएको निर्वाचन परिचालन कमिटीका संयोजक होमप्रकाश सुवेदीले जानकारी दिए ।

शित भण्डारमा आयोजित एक कार्यक्रममा नवनिर्बाचित पदाधिकारीहरुलाई निर्वाचन परिचालन कमिटीका संयोजक सुवेदीले सपथ तथा पदभार ग्रहण गराएका थिए । फोटो कोहलपुर टाइम्स डट कमबाट 

प्रकाशित मिति : २०७७ माघ २० गते मंगलबार
ताजा समाचार