नेपालगञ्जमा बस दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

सदरलाइन संवाददाता १७ पुष २०७७, शुक्रबार १७:३०
 

नेपालगञ्ज : नेपालगञ्जमा भयानक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नेपालगञ्ज बसपार्कबाट तिब्र गतिमा आउँदै गरेको ना ५ ख ५७७३ नम्बरको बसले भे १ त ५१३४ नम्बरको ट्रयाक्टरलाई शुत्रवार दिउँसो ठक्कर दिँदै कारकाँदोस्थित एसके पेट्रोल पम्पकै छेउमा रहेको अटोरिक्सा शोरुममा ठोक्किदा दुर्घटना भएको हो ।

बसको ठक्करबाट अटोरिक्सा शोरुममा अटो खरिद गर्न आएका ब्यक्तिको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । मृतकको पहिचान नखुलेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । घाइते ६ जना मध्ये अटोरिक्सा शोरुमका ३ जना र ट्रयाक्टरमा सवार ३ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ ।


घाइते सबै जनाको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ । दुर्घटनापछि बस चालक फरार भएका छन् ।

Next Post

कोरोना संक्रमणबाट बाँकेका एक जनाको मृत्यु

१७ पुष २०७७, शुक्रबार १७:३०
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको खजुरा वडा नं. ७ का ८८ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार बिहान ३ बजेर २० मिनेटमा मृत्यु भएको हो । उनको स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ३० गते अस्पताल भर्ना गरी कोरोना परीक्षण गर्दा सोही दिन […]