लागू औषधबिरुद्धको महाअभियान नरैनापुरमा

सदरलाइन संवाददाता ६ पुष २०७७, सोमबार १०:२३
 


नरैनापुर (बाँके)  :  जिल्लामा लागू औषधका मुद्दाको चाप बढेपछि बाँके प्रहरीले लगूऔषध बिरुद्धको महाअभियान सञ्चालनमा ल्याएको जनाएको छ । बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ओमबहादुर रानाले जिल्लामा लागू औषधलाई निस्तेज गर्नको लागि प्रहरीले स्थानीय तहसंगको सहकार्यमा लागू औषध निस्तेज महाअभियान २०७७ सञ्चालनमा ल्याएको जानकारी दिए ।

बाँके प्रहरीले बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडाका वडा अध्यक्षको संयोजकत्वमा लागू औषध बिरुद्धको वडास्तरिय समिति निर्माण गरी काम सुरु गरेको उनले बताए । यसै महाअभियान अन्तरगत बाँकेको नरैनापुर गाउपालिकाका र राप्तीसोनारी गाउपालिकाको वडा नं. ६ र ७ को वाडा समिति तथा स्थानीय नागरिक समुदायसंग नरैनापुरमा अन्तरक्रियामा समेत आयोजना गरेको छ ।

उनले लागूऔषधको कारण जिल्लामा अपराधको दर ७० प्रतिशतले बढेको ले महाअभियान सञचालन गर्नु परेको बताए । जिल्ला प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ६१ वटा मुद्दामा ८३ जना प्रक्राउ परेका छन् ।

सो कार्यक्रममा बोल्दै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले लागू औषध समाजको लागि बिष भएको कारण सबैको सहयोगले मात्र यसलाई निमूर्ल गर्न सकिने भएकोले गाउपालिकाले लागू औषध निस्तेज महाअभियानलाई सहयोग गर्ने बताए ।


लागू औषध निस्तेज महाअभियानले वडास्तरबाट आफ्नो गतिविधि सुरु गरेको जानकारी दिदै राप्तीसोनारी गाउपालिका वडा नं ७ का वडा अध्यक्ष तथा महाअभिानका संयोजक रामलखन थारुले नशा मुक्त समाज निर्माणको लागि प्रहरी मात्रैले केहीगर्न नसक्ने भएकोले सबैको हातेमालो आवश्यक भएको बताए ।

ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज प्रहरी निरिक्षक बसन्त गौतमद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज क्षेत्रीले जिल्लामा लागू औषधको मुद्दाको अवस्था र प्रहरी नागरिकको सक्रियताको बारेमा जानकारी गराउनुको साथै नरैनापुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीले पालिकाले लागू औषध बिरुद्धको महाअभियानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

Next Post

टिकटक बनाउने क्रममा युवकको ज्यान गयो

६ पुष २०७७, सोमबार १०:२३
नेपालगञ्ज : पश्चिम दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए । ती युवाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा सोमवार बिहान […]