मृत फेला परेकी महिलाको पहिचान खुल्यो

सदरलाइन संवाददाता ३ पुष २०७७, शुक्रबार १४:१६
 

बैतडी : चमेलिया नदी किनारमा शुक्रवार बिहान मृत अवस्थामा फेला परेकी महिलाको शव पहिचान भएको छ । त्यो शव दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उलानीका ४० वर्षीया सरिता धामीको भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

ती महिला आज बिहान ८ बजे बैतडीको दोगडाकेदार गाउँपालिका ६ चम्तडीस्थित चमेलिया नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन्। बिहान स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


सरिता बिहीबार बिहान घरबाट एक्कासि बेपत्ता भएकी घरपरिवारले बताएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक महिलाका श्रीमान, १ छोरा र १ छोरी रहेका प्रहरीले बताएको छ ।

Next Post

उच्च अदालतको फैसलाप्रति थारु नेताको आक्रोश

३ पुष २०७७, शुक्रबार १४:१६
धनगढी : बिहीवार उच्च अदालत दिपायलले थारु नेता लक्ष्मण चौधरीसहित थप ११ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएपछि कैलालीका थारु नेताहरु आक्रोशित बनेका छन् । २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले गरेको फैसलालाई उल्टाउँदै बिहीबार उच्च अदालतले लक्ष्मण थारुसहित १० जनालाई आजीवन कैद फैसला गरेपछि शुक्रवार धनगढीमा पत्रकार सम्मलेन गरेर […]

सम्बन्धित