पदोन्नति भएका कर्णेलद्वारा साथीकी श्रीमतीमाथि बलात्कार

सदरलाइन संवाददाता ३० मंसिर २०७७, मंगलवार १६:४४
 

काठमाण्डौ : भारतीय सेनाका एक कर्णेलले पदोन्नति भएपछि पार्टी आयोजना गर्दै आफ्नै साथीकी पत्नीलाई बलात्कार गरेका छन् ।

श्रीमतीसहित पार्टीमा आएका साथीलाई निजले नशालु औषधि खुवाई बेहोस पारेका थिए । त्यसपछि साथीकी पत्नीमाथि बलात्कार गरेका थिए । पीडित महिला रसियन रहेकी खुलेको छ ।


आफूमाथि बलात्कार गर्न खोजेपछि ती महिलाले विरोध गर्दा कर्णेलले कुटपिटसमेत गरेका छन् । यो घटना आइतबार उत्तर प्रदेशको कानपुरमा भएको हो ।

पीडित महिलासहित उनका पति र एक स्थानीयले सेनाका ती कर्णेलविरुद्ध स्थानीय प्रहरी कार्यालयमा उजुरी दिएका छन् । सेनाले ती सैनिक अधिकारीलाई हिरासतमा लिएको जनाएको छ ।

Next Post

बाँकेको फत्तेपुरमा प्रहरी भवन शिलन्यास

३० मंसिर २०७७, मंगलवार १६:४४
राप्तीसोनारी (बाँके)  : बाँकेको राप्तीसोनारी गाउपालिका–६ मा वडा र पालिकाको सहयोगमा निर्माण हुने अस्थायी प्रहरी पोष्ट फत्तेपुर (ख) मा प्रहरीको लागि पाँच कोठे अत्याधुनिक भवन शिलन्यास गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, वडानं. ६ का वडा अध्यक्ष जनकबहादुर थारु र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक […]