सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प

सदरलाइन संवाददाता २७ मंसिर २०७७, शनिबार १७:४४
 

डोटी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार शनिवार दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमका पहाडी जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीय कर्णबहादुर द्वारीयाले जानकारी दिए । डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस भएको छ । भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिकहरु घर बाहिर निस्किएका थिए ।


भूकम्पले अहिलेसम्म क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

Next Post

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत

२७ मंसिर २०७७, शनिबार १७:४४
बर्दिया : बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । बाघ आक्रमणमा परि ज्यान गुमाएका बर्दियाको मधुवनका ४ जना र गेरुवाका १ जना गरी ५ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । डिभिजन वन कार्यालय बर्दियाले राष्ट्रिय वन क्षेत्रमा बाघ आक्रमणमा परी ज्यान गुमाएका मधुवन […]