२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नौवस्तामा जन्ती बस दुर्घटना हुँदा १३ जना घाइते



कोहलपुर (बाँके) : बाँकेमा जन्ती बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सुर्खेतबाट जन्ती लिएर बर्दियातर्फ जाँदै गरेको भे १ ख २०१७ नम्बरको बस शुक्रवार राती साढे १० बजे बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ नौवस्ताको डिगियामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नेपालगञ्ज मेडिकल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७७ मंसिर २७ गते शनिबार
ताजा समाचार