२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

मोटरसाइकलको ठक्करबाट दाङमा एकको मृत्यु



दाङ : दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगन्ज निवासी ५२ वर्षीय पुरण बाँठा मगरको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प ७५६० नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेका साइकल यात्री बाँठालाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक लमही नगरपालिका वडा नम्बर ८ धनपुरुवा निवासी २२ वर्षीय लिला चौधरी पनि घाइते भएका छन् । उनको अहिले बुटवलमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ मंसिर १९ गते शुक्रबार
ताजा समाचार