तुफानका कारण भारतमा पाँच जनाको मृत्यु

सदरलाइन संवाददाता १२ मंसिर २०७७, शुक्रबार ०८:१५
 

काठमाण्डौ : भारतमा निवार नामक तुफानका कारण पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

अहिले तुफान कमजोर भएको तर तुफानको प्रभाव कायमै रहेको त्यहाँको गृहमन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तुफानबाट बढी प्रभावित तामिलनाडु र पुण्डुचेरीका मुख्यमन्त्रीसँग टेलिफोन कुराकानी गर्दै प्रभावित नागरिकलाई सकेसम्म सहयोग गर्ने बताएका छन् ।


तुफान कमजोर भएसँगै रोकिएका बस सेवा फेरि सञ्चालनमा आएका छन् । भारतकोे मौसम विज्ञान विभागले अबको दुईतीन दिनमा तामिलनाडुमा फेरि ठूलो वर्षाको सम्भावना भएको जनाएको छ । बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण तामिलनाडुमा फेरि ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

बिहीवार दक्षिण भारतमा आएको निवार नामक तुफानका कारण तीव्र गतिमा हावा चल्नुका साथै ठूलो पानी परेको थियो । त्यसपछि जनजीवन प्रभावित भएको छ ।

Next Post

बाँकेमा शुक्रवार ४ जना मात्र डिस्चार्ज

१२ मंसिर २०७७, शुक्रबार ०८:१५
नेपालगञ्ज : बाँकेमा शुक्रवार ४ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १ पुरुष र ३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ५ सय ८७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले […]