बन्यजन्तुमैत्री पूर्वाधार बनाउदै सिक्टा नहर

रुद्र सुवेदी   २८ आश्विन २०७७, बुधबार ०९:२१
 

नेपालगञ्ज :  रष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको मूल नहर बन्यजन्तु मैत्री बनाईएको दाबी गरिएको छ । आयोजनाको पश्चिमी मुल नहर मुलुक कै कान्छो बाँके राष्ट्रिय निकुञ्ज र ससामुदायिक बन क्षेत्र भएर जाँने भएकोले संरचना र पूर्वाधार निर्माण गर्दा बन्यजन्तु मैत्री बनाउन प्रयत्न गरिएको आयोजनाका निर्देशक लोकबहादुर थापाले जानकारी दिए ।

सिक्ट सिंचाई आयोजना देशकै बहुचर्चित र राष्ट्रिय गौरबको आयोजना हो । जिल्लाको ४२ हेक्टर भूमि सिचाई गर्ने उद्देश्यले निर्माण गरिएको सो परियोजनाको पश्चिम मूलनहर ४५ किलोमिटर मध्ये ३२ किलोमिटर बनक्षेत्र क्षेत्र पर्ने र ६ किलोमिटर निकुञ्ज बाँकी २६ किलोमिटर मध्यवर्ती क्षेत्रको सामुदायिक बन परेको छ ।

बिक्रम संवत २०३२÷२०३३ बाट विभिन्न निकायले अध्ययन अनुसंधान गरेको भए पनि २०६३ सालदेखि नेपाल सरकारले आफ्नै लगानीमा राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गर्ने भन्दै सुरु गरेको आयोजनाले बन क्षेत्रमा संरचना निर्माण गर्दा बन्यजन्तु मैत्री बनाउने प्रयत्न गरेको आयोजनाका निर्देशक थापा दाबी गर्छन । उनले भने–‘आयोजनाको पश्चिमि मूल नहरको ३२ किलोमिटर बन क्षेत्र पर्ने भएकोले आयोजनाले सो क्षेत्रमा बन्यजन्तुको आवगमनलाई असर नपर्नेगरी हरेक दुई–दुई किलोमिटरको दुरीमा नहरमा रैम्प निर्माण गर्नुको साथै विभिन्न स्थानमा बन्यजन्तु मैत्री ‘पासिङ्ग प्यासेज’ राखिएको छ ।’

नहर पूर्वपश्चिम समानन्तर निर्माण गरिएको र उत्तरबाट दक्षिण बग्ने खहरे खोलामा नहरलाई अण्डरग्राउण्ड गरी खोलाको किनार र खोला पास हुने ठाउमा प्राकृतिक स्वरुपकै बन्यजन्तु मैत्री संरचना निर्माण गरी माटो फिलिङ्ग गरीएको छ । ‘बन्यजन्तु कंक्रिटको ढलानमा हिड्न असहज हुने भएकोले खोला, नाला, तथा झरन भएको ठाँउमा अण्डर ग्राउण्ड नहर लगेर माथि माटो फिलिङ्ग गरी प्राकृतिक जस्तै बनाएका छौ । जसका कारण बन्यजन्तुलाई ओहरदोहर गर्न सजिलो होस’– उनले भने ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पानीको अभाव हुने भएको कारण निकुञ्ज तथा सामुदायिक बनमा रहेका बन्यजन्तु नहरमा पानी खान आउने गरेको र उनीहरु नहरमै फसेको खण्डमा निकुञ्ज र बनसंग समन्वय गरी नहरमा फसेका बन्यजन्तुको उद्दार गर्ने गरिएको आयोजना निर्देशक थापा बताउछन् । उनले बन्यजन्तु नहरमा नपरुन भनेर आयोजनाले नहरको दुबै किनारमा तारजाली लगाउने योजना रहेको बताए । उनले भने–‘आयोजनाले नहरमा बन्यजन्तु नपरुन भनेर नहरका दुबै किनारामा तारजाली लगाउने र विभिन्न स्थानमा प्राकृतिक जस्तै गरी बन्यजन्तुलाई पानी खाने स्थान बनाउने सुझव र प्रस्ताव आएको छ हामी सकारात्मक छौ ।’

सिक्टा सिचाई आयोजनाले पश्चिमि मूलनहर निर्माण गर्दाखेरी बाँके राष्ट्रिय निकुञ्ज स्थापना नहुँदैका बखतमा बन्यजन्तुको प्राकृतिक आवागमनलाई असर नपर्ने गरी सो को केही मात्रामा भएपनि अध्यन गरी नहर अण्डरग्राउण्ड गरी माथि माटो फिलिङ्ग गरिएको छ । विभिन्न ठाँउमा मानिससमेत आवागमन गर्न सजिलो हुनेगरी ओभरहेड बृज निर्माण गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत महेश न्यौपानेले सिक्टा सिचाई आयोजनाको नहरबाट बिगतका केही वर्ष यता २२ वटा र अन्य स्थानबाट १३३ वटा गरी १५५ वटा विभिन्न प्रजातिका बन्यजन्तु उद्दार गरिएको जानकारी दिए । उनले भने–‘ नहरको संरचना स्लोपी भएको कारण पानी पिउनको लागि जनावर जाने तर फर्केर आउन नसक्ने भएको कारण नहरमै फसेको अवस्थामा निकुञ्जबाट उद्दार गर्ने गरेका छौ ।’ उनले नहरको संरचना नै बन्यजन्तु मैत्री नभएको कारण बन्यजन्तुका लागि नहर धराप भएको बताए ।


उनले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ८ वटा, २०७३/०७४ मा ७ वटा, २०७४/०७५ मा ३ वटा, २०७५/०७६ मा ४ वटा रहेका छन् । चालु आर्थिक वर्षको असोजको पहिलो सातासम्ममा कुनै जनावर सिक्टा नहरबाट उद्दार गर्न नपरेको उनले बताए । उनले बढीजसो चित्तल प्रजातिको जनावर नहरमा पानी खान जाने र फर्कन नसकेर नहरमै फस्ने गरेको बताए । उनले नहरमा फसेका केही जनावर मरेको भए पनि तथ्याङ्क भने यकिन हुन नसकेको बताए ।

उसो त निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कमा नहरमा फसेका जनावर भन्दा अन्य क्षेत्रमा फसेकाको उद्दार गरिएको तथ्याङ्क अधिक छ । आर्थिक वर्ष २०७२/०७३ मा २२ वटा २०७३/०७४ मा २४ वटा, २०७४/०७५ मा ३४ वटा, २०७५/०७६ मा २८ वटा र२०७६/०७७ मा २५ वटा रहेका छन् ।

निमित्त प्रमुख संरक्षण अधिकृत न्यौपानेले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको नहरमा बन्यजन्तुका लागि हुने दुर्घटना नयूनिकरण गर्नको लागि नहर निर्माण भएको दुबैतिर मेसजालीसहितको तारबार लगाउन आवश्यक देखिएको बताउछन ।

यता सिक्टा सिचाई आयोजनाका आयोजना निर्देशक थापाले सिक्टाको पश्चिमि नहर निर्माणको बेलामा बाँके राष्ट्रिय निकुञ्ज स्थापना नभएको अवस्थामा पनि आयोजनाले सकेसम्म बन्यजन्तु मैत्री संरचना निर्माण गर्ने कोशिस गरेको दाबी गरे।

उनले नहरमा बन्यजन्तु फसेर दुर्घटना नहोस भनेर आयोजनाले नहरको दुबैतिर मेसजालि लगाउने र पानीको अभाव भएको स्थानमा नहर नजिकै पानीको सहज व्यवस्था मिलाउने गरी योजना बनाईएको जानकारी दिदै भने–‘आयोजनाको नहर निर्माण भैसकेको अवस्थामा अव नहरमा बन्यजन्तु दुर्घटनामा नपरुन भनेर जोगाउने उपाय र खास गरी नहर बाहिर नै पानीको व्यवस्था मिलाउने गरी तयारी गरेका छौ । यसले संरक्षणको पाटोलाई पक्कै पनि सहज हुने विश्वास छ ।’ – राजधानी दैनिकबाट

 

Next Post

बाँकेमा २६ जना डिस्चार्ज

२८ आश्विन २०७७, बुधबार ०९:२१
नेपालगञ्ज : बाँकेबाट २६ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १४ महिला १२ पुरुष कोरोनामुक्त भई बुधवार डिस्चार्ज भएका हुन् । बाँकेमा हालसम्म २ हजार ५ सय २६ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार ८ सय ९९ जना निको भएर डिस्चार्ज भएको जिल्ला कोभिड–१९ […]