जमुनाहमा बाँके प्रहरीले ल्यायो नागरिक सहायता केन्द्र सञ्चालनमा

सदरलाइन संवाददाता २६ आश्विन २०७७, सोमबार १७:०६
 

नेपालगञ्ज : बाँके प्रहरीले चाडपर्वको समयमा सीमा क्षेत्रमा हुन सक्ने सम्भावित अपराधका घटना, लुटपाट तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पर्व विशेष सुरक्षा योजना ल्याएको छ ।

सो योजना अन्तरगत सोमबार सीमा क्षेत्रको जमुनाहमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहकार्यमा नागरिक सहायता केन्द्र सञ्चालनमा ल्याएको हो । सो नागरिक सहायता केन्द्रको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।


‘जमुनाहमा भारतबाट पर्वको बेला नेपाल आउने व्यक्तिहरु लुटपाटमा नपरुन र उनीहरु नठगिउन भनेर सशस्त्र प्रहरीसंगको समेत सहकार्यमा नागरिक सहायता केन्द्र स्थापना गरिएको छ’–प्रहरी उपरीक्षक रानाले भने ।

सो अवसरमा ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज प्रहरी नायव निरिक्षक बिष्णु गिरि, नेपालगञ्ज उपमहानगर–१५का वडा अध्यक्ष वल्लन कपडियालगायतको उपस्थिति रहेको थियो ।

Next Post

नेपालगञ्जमा प्रहरीको ‘क्विक रिस्पोन्स टिम’ परिचालन

२६ आश्विन २०७७, सोमबार १७:०६
नेपालगञ्ज :  बाँके प्रहरीले चाडपर्वको समयमा जिल्लामा हुन सक्ने सम्भावित अपराधका घटना, लुटपाट तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पर्व विशेष सुरक्षा योजना अन्तरगत नेपालगञ्जमा १६ वटा मोटरसाईकल मार्फत ‘क्यूआरटी’ क्विक रिस्पोन्स टिम परिचालन गरेको छ । जिल्लामा अपराध निराकरणको लागि घटना घटेको जानकारी पाउने वित्तिकै घटनास्थलमा पुग्नको लागि […]