नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले कोभिड–१९ महामारीको लकडाउनकै बीच प्रतिबन्धित लागू औषधसहित ४३ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । प्रहरीको लागू औषध ब्यूरो तथा विभिन्न युनिटको सक्रियतामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष खड्काले कोभिड–१९ कोे कारण गरिएको लकडाउनको बीचमा बाँके प्रहरीले लागु औषधको मात्रै २४ वटा मुद्दा दर्ता गरी ७ बिदेशी (भारतीय) सहित ४३ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको जानकारी दिए ।
प्रहरीका अनुसार चैत्रमा १, बैशाखमा ३ जेठमा १ असारमा ६ साउनमा ११ र भदौ १५ गतेसम्ममा ७ वटा गरी २४ वटा लागू औषध सम्बन्धी मुद्दा दर्ता भएको तथ्याङ्क छ । प्रहरीले यो अवधिमा अफिम ४ किलो १७४ ग्राम, ब्राउनसुगर ११२ ग्राम ८७५ मिलिग्राम, कोरेक्स ३७ लिटर ७ सय मिलिटर, नाईटा«ेजेपाम ६० टेब्लेट, चरेश १ किलो ५ सय र गाँजा १३ किलो बरामद समेत गरेको छ ।
खुला सिमानाको फाईदा उठाउदै विभिन्न बाहानामा लकडाउन र सीमा शिलको अवस्थामा सीमापारी जाने र उताबाट आउदा ब्राउन सुगर, कोरेक्श, नाईट्रोजेपाम जस्ता प्रतिबन्धित लागू औषध बोकेर आउने गरेको प्रहरी नायव उपरीक्षक खड्काले दाबी गरे ।
बाँके भारतसंग खुला सीमा भएको कारणले पनि आगू औषधका दुव्र्यसनी वा कारोवारीले विभिन्न साधनको प्रयोग गरेर लागु औषध वसार पसार गर्ने गरेको प्रहरीको भनाई छ । उनीहरु मोटरसाईकल, ट्रक, पैदलै हिडेर पनि आवत जावत गर्ने गरेका छन् ।