पाँच उद्योगको स्यानिटाइजरमा विषाक्त रसायन भेटियो

; २७ भाद्र २०७७, शनिबार १०:१७
 

काठमाण्डौ : पाँच वटा उद्योगका ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको छ । मापदण्ड पूरा नगरेका ५ उद्योगका स्यानिटाइजर प्रयोग नगर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ ।

विभागले स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल भेटिएको भन्दै ती स्यानिटाइजर बिक्रीमा रोक समेत लगाएको छ । अनुगमनका क्रममा ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन मिसाइएको पाइएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाण्डौका चार र भक्तपुरको एउटा गरी पाँच वटा उद्योगले ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको उल्लेख छ ।


भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड सेनिटाइजर, काठमाण्डौका हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

तोकिएको मापदण्ड नभएका यी स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । उज्यालोअनलाइनबाट

Next Post

शनिवार बाँकेमा थप ३६ जनामा कोरोना पुष्टि

२७ भाद्र २०७७, शनिबार १०:१७
नेपालगञ्ज : बाँकेमा शनिवार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ र वागेश्वरी डाईग्नोष्टिकको परीक्षणमा ५ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिवार थपिएका संक्रमितमध्ये भुमि सुधार तथा मालपोत कार्यालय नेपालगञ्जका लेखा अधिकृतसहित ८ […]