५० ग्राम ब्राउन सुगरसहित महिला पक्राउ

सदरलाइन संवाददाता २३ भाद्र २०७७, मंगलवार ११:००
 
                                                                                                                                                                                फाइल फोटो

नेपालगञ्ज  : ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध ब्यूरो नेपालगञ्जको संयुक्त टोलीले जमुनाह नाकाबाट ५० ग्राम ब्राउन सुगरसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज–३ कि २८ वर्षिया सन्जनादेवी पटहरलाई प्रहरीको संयुक्त टोलीले सोमबार राती ८ बजे सो परिमाणको ब्राउन सुगर बोकेर भारतीय सीमावर्ती बजार रुपैडिहाबाट नेपाल प्रवेश गर्दै गर्दा जमुनाहबाट नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कायालय जमुनाहबाट कोरोना महामारीको बीचमा गरिएको लकडाउनको अवधिमा सबैभन्दा बढी परिमाणको लागू औषध ब्राउन सुगर नियन्त्रणमा लिएको ईन्चार्ज प्रहरी बायव निरिक्षक विष्णु गिरिले जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवाश खड्काले ५० ग्राम लागू औषध ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा परेकी पटहरमाथि आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए ।

 

Next Post

मंगलवार सात जना डिस्चार्ज

२३ भाद्र २०७७, मंगलवार ११:००
नेपालगञ्ज : बाँकेमा मंगलवार ७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । आईसोलेशनको १४ दिने बसाईपछि उनिहरु डिस्चार्ज भएका हुन् । १९ वर्षदेखि ५१ वर्ष उमेर समुहका २ जना महिला तथा ५ पुरुष डिस्चार्ज भएको स्वास्थय कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसँगै बाँकेबाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको […]