नेपालगञ्जमा लाखौंको धनमाल चोरी

; १२ भाद्र २०७७, शुक्रबार १४:०७
 

नेपालगञ्ज : केही दिन शान्त रहेको नेपालगञ्जमा चोरीको घटना फेरी शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बसपार्क नजिकै एक घरमा बुधवार राती लाखौंको चोरी भएको छ । बसपार्क पछाडि रहेको भिम तिमिल्सेना बस्दै आएको घरमा चोरी भएको हो ।

३ तोला सुन र बिमा रकमको किस्ता बापत उठेको २ लाख नगद गरि ५ लाख बढीको धनमाल चोरी भएको तिमिल्सेनाले बताए । स्थाई घर कैलाली भएका तिमिल्सेना श्रीमती र १ छोरासंग नेपालगञ्जमा बस्दै आएका छन् ।


‘लकडाउनका बेला शहरमा बस्दा बढी खर्चलाग्ने हुनाले हामी घर गएका थियौं’, उनले भने । तर, हिजो एक्कासी छिमेकीले फोन गरेर चोरीबारे जानकारी दिनुभयो,’ ‘हामी कैलालीबाट नेपालगञ्ज आईपुग्दासम्म प्रहरीले मुचुल्कासमेत उठाईसकेको थियो ।’ आफुहरुले चोरी कहिले भयो भन्ने थाहासमेत नपाएको उनले बताए ।

Next Post

भेरीको परीक्षणमा १५ जनामा कोरोना पुष्टि

१२ भाद्र २०७७, शुक्रबार १४:०७
नेपालगञ्ज : बाँकेमा शुक्रवार १३ सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका ५ सय नमुनाको परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार बाँकेका १३, रुपन्देहीका १ र रुकुमका १ गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।