२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

अछाममा बाढीले बगाउँदा ६ को मृत्यु, १७ बेपत्ता



अछाम : अछामको रामारोशन गाउँपालिका ५ स्थित कैलाश खोलामा आएको बाढीले १६ घर बगाएको छ ।

बाढिमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने १७ जना वेपत्ता भएका छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी बाढीप्रभावित क्षेत्रको उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुग्दै छ ।

प्रकाशित मिति : २०७७ भदौ ३ गते बुधबार
ताजा समाचार