बलिउड अभिनेता संजय दत्तलाई तेस्रो चरणको क्यान्सर

२८ श्रावण २०७७, बुधबार १५:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बलिउड नायक संजय दत्तका फ्यानका लागि अपृय खबर छ । संजय दत्तलाई फोक्सोको तेश्रो चरणको क्यान्सर भएको छ ।

उनी उपचारका लागि अमेरिका उड्ने तयारीमा रहेका छन् । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएको र त्यहाँ उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएपछि गरिएको परिक्षणको क्रममा उनी क्यान्सर पीडित भएको थाहा भएको थियो ।

भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा विताउनु पर्ने छ । उनी, आफू निको हुनेमा आशावादी छन् ।


उनको रिपोर्ट मंगलबार (हिजो) मात्र आएको हो । संजयको यो रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको भारतीय मिडियामा उल्लेख छ ।

यो बर्ष बलिउडमा नायक ऋषि कपुर र इरफान खानको निधन क्यान्सर रोगकै कारण भएको थियो । संजयले मंगलबार दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए ।

उनले, आफ्नो साथमा आफ्नो परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न पनि फ्यानहरुसँग आग्रह गरेका थिए । एजेन्सीको सहयोगमा ।

Next Post

बाँकेका १० सहित १३ जनामा कोरोना पुष्टि

२८ श्रावण २०७७, बुधबार १५:०२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा बुधवार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले बुधवार जारी गरेको सूचनाअनुसार ४ नेपाली सेनासहित बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगञ्जका ४ र कोहलपुरका ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै बर्दियाका ३ […]