ब्राउनसुगर मुद्दाका फरार शाह पक्राउ

२८ श्रावण २०७७, बुधबार १३:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँके प्रहरीले विभिन्न अपराधमा कसुर गरी फरार भएका व्यक्तिहरुलाई खोजतलास तथा पक्राउ अभियानलाई तीब्र पारेको छ ।

यस क्रममा जिल्ला अदालत बाँकेबाट लागू औषध (ब्राउन सुगर) मुद्दामा ४ महिना २८ दिन कैद सजाय तोकिएका बैजनाथ गाउँपालिका–१ का २१ बर्षिय धिरज शाहलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालत पठाइएको बाँके प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । शाह फरार रहेका थिए ।


बाँके प्रहरीले विभिन्न अपराधमा संलग्न रहेर फरार भएका अभियुक्तहरुलाई नियन्त्रण गरी कानूनी दायरामा ल्याउने क्रम जारी राखेको छ ।

Next Post

सबै विद्यालय अनिश्चितकालीन बन्द

२८ श्रावण २०७७, बुधबार १३:४३
सदरलाइनडटकम, नेपालगञ्ज : केही साता अघि भदौ एक गते देखि विद्यालयमा नयाँ भर्ना र त्यसको दुई साता पछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सरकारले कोरोना समुदायमा फैलिन थालेपछि अनिश्चितकालका लागि विद्यालय बन्द गरेको छ । मंगलवारको मन्त्रिपरिषद्को निर्णय बुधवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अर्को सूचना जारी नभएसम्मका […]