सदरलाइनडटकम,
नेपालगञ्ज : ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मंगलवार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईंदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।
विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि यसवर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण कृष्ण मन्दिरमा खासै चहलपहल भएको छैन ।
Next Post
चाँदीको शिवमुर्ति रहस्यमय तरीकाले चोरी
२७ श्रावण २०७७, मंगलवार १३:५४
सम्बन्धित
-
२८ श्रावण २०७९, शनिबार १५:१५
बाँके ट्राफिक प्रहरीले ‘राडर गन’ प्रयोगमा ल्याउँदै
-
१५ मंसिर २०७४, शुक्रबार १८:४७
नेपालगन्जमा के भनेर मत मागिन रञ्जु दर्शनाले भिडियोसहित
-
२७ जेष्ठ २०७७, मंगलवार २३:२६
नेपालगञ्जमा निर्माण गरिने आईसोलेशनका लागि मेडिकल मेट्रेक्स सहयोग
-
६ मंसिर २०७९, मंगलवार १२:५३
काँग्रेस महामन्त्री गगन थापा विजयी
-
१९ कार्तिक २०७५, सोमबार १९:१४
ठाकुरबाबा गोल्डकपको उपाधि सिड्कैयालाई
-
९ कार्तिक २०८०, बिहीबार १३:३४
राप्ती पथमा चार हजार भक्तजनलाई प्रसाद वितरण