सदरलाइनडटकम,
रुकुम : रुकुम पश्चिममा त्रिवेणी गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायक जागिरबाट निकालिएका छन् । त्रिवेणी गाउँपालिकाका लेखा सहायक सुवास केसीलाई जागिरबाट निकालिएको हो ।
केसीले सरकारी बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेपछि वडा अध्यक्ष झक्कुप्रसाद घर्तीको संयोजकत्वमा गठन गरेको छानबिन कार्यदलले केसीलाई जागिरबाट निकाल्ने निर्णय गरेको हो ।
छानबिनका क्रममा केसीले आफ्नो, आफ्नो श्रीमती र लेखा सहायक सुवासको खातामा झण्डै २५ लाख रुपैयाँ जम्मा गरेको पाइएको छ । केसी गएको जेठ महिनादेखि गाउँपालिकाको लेखा सहायकमा करारमा नियुक्त भएका थिए ।
गाउँपालिकामै कार्यरत सुवासका अंकलसमेत रहेका लेखापाल हेमन्त केसीको सहयोगमा आफ्नो खातामा मात्रै गाउँपालिकाको सात लाख ९१ हजार रुपैयाँ रकम जम्मा गरेका थिए ।
Next Post
विषम परिस्थितिमा डा. शाहको टिमले जोगायो आमा र छोरीको ज्यान
२६ श्रावण २०७७, सोमबार १४:४३
सम्बन्धित
-
१८ फाल्गुन २०७८, बुधबार १८:४९
राप्रपा नेपालकाे केन्द्रीय उपाध्यक्षमा बांकेका राजेन्द्र वीर राय मनाेनित
-
२२ पुष २०८०, आईतवार १७:४१
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक बढाउने तयारी
-
२६ आश्विन २०७७, सोमबार १२:३८
बालविवाह नियन्त्रण गर्न नेपालगञ्जमा कार्यशाला
-
२७ आश्विन २०७७, मंगलवार १८:०७
देशभर ३५ सय बढी संक्रमित थपिए
-
१९ माघ २०७४, शुक्रबार १३:५९
तीन महिनादेखि शिक्षकले तलब पाएनन्
-
१९ श्रावण २०८१, शनिबार १५:३६
राप्तीसोनारी वडानं. १ मा खरको छानामुक्त अभियान जारी