भारतमा एकै परिवारका ११ जनाको शव फेला

२६ श्रावण २०७७, सोमबार १४:०३
 

सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानबाट आएर भारतको राजस्थानमा बसेका एक परिवारका ११ जनाको मृत्यु भएको छ । जोधपुर जिल्लाको देचू थाना क्षेत्रको खेतमा उनीहरुको शव भेटिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
परिवारका एक सदस्यमात्रै जीवित रहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको बताएको छ । घटनास्थलबाट किटनाशक औषधि भेटिएको र मृत्युको कारण पारिवारिक कलह हुनसक्ने जोधपुर ग्रामीणका प्रहरी अधिकारी राहुल बारहटले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
झण्डै ८ वर्ष पहिले पाकिस्तानको सिन्ध प्रान्तबाट आएका उनीहरु आदिबासी भील समुदायका हुन् । सो परिवारले खेत भाडामा लिएर खेती गर्दै आएको थियो ।

Next Post

भ्रष्टाचार गर्ने लेखा सहायकको जागिर खोसियो

२६ श्रावण २०७७, सोमबार १४:०३
सदरलाइनडटकम, रुकुम : रुकुम पश्चिममा त्रिवेणी गाउँपालिकाको बजेट आफ्नो खातामा हाल्ने लेखा सहायक जागिरबाट निकालिएका छन् । त्रिवेणी गाउँपालिकाका लेखा सहायक सुवास केसीलाई जागिरबाट निकालिएको हो । केसीले सरकारी बजेट आफ्नो, श्रीमती र भतिजाको खातामा हालेपछि वडा अध्यक्ष झक्कुप्रसाद घर्तीको संयोजकत्वमा गठन गरेको छानबिन कार्यदलले केसीलाई जागिरबाट निकाल्ने निर्णय गरेको […]