२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

किर्ते मुद्दामा फरार साईं पक्राउ



सदरलाइनडटकम,
नेपालगञ्ज : किर्ते मुद्दामा फरार रहेका एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नागरिकता किर्ते मुद्दामा फरार रहेका नरैनापुर गाउँपालिका वडा नं. २ गंगापुरका ४० वर्षीय सागर अलि साईंलाई प्रहरील पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतबाट ६ महिना कैदसजाय पाएका साईंलाई शनिवार राती ८ बजे पक्राउ गरी अदालतमा बुझाइएको बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खडकाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतबार
ताजा समाचार