बाँके निकुञ्जका वार्डेन र सहायक वार्डेन अख्तियारको नियन्त्रणमा

१९ श्रावण २०७७, सोमबार १८:३६
 

सदरलाइनडटकम,
बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृतसहित दुई जनालाई रुपन्देहीको सैनामैनाबाट नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।

अख्तियारको टोलीले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई स्रोत नखुलेको ८ लाख ९८ हजारसहित रुपन्देहीको सैनामैना नगरपालिका वडा नं–१० बाट नियन्त्रणमा लिएको हो ।


कार्यालयको बा.२ झ.१८७३ नम्बरको गाडीमा यात्रा गरि रहेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले प्रमुख संरक्षण अधिकृत भट्टराई र सहायक संरक्षण अधिकृत रोकायलाई स्रोत नखुलेको ३ तीन लाख ४८ हजार तथा बिभिन्न मितिको बैंक भौचर ५ लाख ५० हजारसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनले थप अनुसंधान भई रहेको बताए ।

Next Post

बाँकेका थप तीन जना कोरोनामुक्त

१९ श्रावण २०७७, सोमबार १८:३६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका थप तीन जना कोरोनामुक्त भएर आज डिस्चार्ज भएका छन् । नेपालगञ्जको आदर्शनगर आइसोलेशनबाट खजुरा गाउँपालिकाको वडा नं. २ का ३४ र ३८ बर्षीय पुरुष तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट ३१ वर्षीय पुरुष निको भएर डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोनाबाट निको भएर घर […]