सुर्तिजन्य पदार्थसहित बाँकेमा दुई पक्राउ

१३ श्रावण २०७७, मंगलवार १४:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : राजश्व छलेर चोरी नाकाबाट नेपाल भित्र्याइएको सुर्तिजन्य पदार्थसहित बाँकेमा दुई जना पक्राउ परेका छन् ।
डुडुवा गाउँपालिका वडा नं. २ बेतहनी बस्ने सियाराम केवट ३ बोरा सुपर पावर सुर्तिसहित पक्राउ परेका छन् । उनलाई सोमवार राती १० बजे अमृतपुर्वाबाट १८ हजार मुल्य बराबरको सुर्तिसहित पक्राउ परेका हुन् ।



यस्तै एक बोरा कमला पसन्द गुटकासहित नेपालगञ्ज वडा नं. ९ बस्ने सलमान दर्जीलाई पक्राउ गरिएको छ । सोमवार बेलुकी नेपालगञ्ज ८ बाट ५ हजार मुल्य बराबरको गुटकासहित पक्राउ परेका हुन् ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खडकाले जानकारी दिए ।

Next Post

नरैनापुर मिसन पुरा भएपछि सेना फिर्ता

१३ श्रावण २०७७, मंगलवार १४:३३
सदरलाइनडटकम, नरैनापुर (बाँके) :  कोबिड–१९ को महामारीको बेलामा भयावह स्थितिको बेलामा बाँकेको नरैनापुरमा परिचालित गरिएको नेपाली सेनाको टोली नरैनापुरबाट फिर्ता भएको छ । नेपालगञ्जको राँझास्थित भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापाका अनुसार ११ गते आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैैठकले नरैनापुरबाट सेनालाई फिर्ता गर्ने निर्णय गरेपछि नरैनापुरमा परिचालित टोली […]