ज्यान मार्ने उद्योगमा फरार रहेका दुई पक्राउ

९ श्रावण २०७७, शुक्रबार १०:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई फरार रहेका दुई अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोनु कसगढ भन्ने सद्दाम शेषको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कलिम भाट समेत भएको ज्यान मुद्दामा फरार रहेका खजुरा–७ गुनानाका २९ वर्षिय कलिम भाट र १९ वर्षिय समिर भाटलाई नियन्त्रणमा लिएको हो ।

घटना गत जेठ ९ गते सोही स्थानमा रहेको पिबिसि ईट्टा उद्योग परिसर घटेको थियो । प्रहरीले दुबै जनालाई बिहीबार बिहान साढे १० बजे गुनानाबाट नियन्त्रणमा लिएर म्याद थप गरी अनुसंन्धान सुरु गरेको जनाएको छ ।

Next Post

नेपालगञ्जका दुई जनामा कोरोना पुष्टि

९ श्रावण २०७७, शुक्रबार १०:४३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा थप दुई जनामा कोरोना भाइरस पुष्टि भएको छ । नेपालगञ्जका दुई जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा नेपालगञ्ज वडा नम्बर ११ का ४० बर्षीय पुरुष र वडा नम्बर १२ का १८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । […]

सम्बन्धित