ब्राउन सुगरसहित हरिजन र तमौली प्रहरी नियन्त्रणमा

६ श्रावण २०७७, मंगलवार १९:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार विहान ८ बजे जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलिले उनिहरुलाई नेपालगञ्ज उप–महानगरपालिकाको मसानघाट नजिकबाट नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक सुवास खड्काले विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलिले जानकी गाउपालिका–६ का ३३ बर्षिय पुजारी हरिजन र सोहि ठाँउका २९ बर्षिय सुरेन्द्र तमौलीलाई १ (एक) ग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा परेका हरिजन र तमौलीमाथि आवस्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Next Post

कोबिड–१९ का कारण गर्भवती महिलालाई परेको असर

६ श्रावण २०७७, मंगलवार १९:२६
सदरलाइन / लक्ष्मी तिमिलसेना, नेपालगञ्ज  : कोबिड–१९ को संक्रमणबाट जोगिन आव्हान गरीएको लकडाउनको कारण सबै क्षेत्र प्रभावित भएको छ । यसै अवस्थामा बाँके खजुरा गाँउपालिका वडानं. ५ उढरापुरकी ३४ वर्षिया कैसर जोलाहा दुई जिउकी भईन । लकडाउनको बेलामा उनलाई घरमै बसिरहनु पर्दा मानसिक समस्यामा परिन । कोरोना भाईरसको संक्रमण हुने […]