रुकुममा पहिरो जाँदा दुईको मृत्यु

२६ असार २०७७, शुक्रबार १३:३७
 

सदरलाइनडटकम,
रुकुम पश्चिम : रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रवार बिहान ६ बजे गएको पहिरोले आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा ६ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । पहिराले घर पुरिँदा आठ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ । तुलबहादुर भने कामको सिलसिलामा नगरपालिकामै पर्ने गोतामकोट गएको प्रहरीले बताएको छ ।
स्थानीयले घर पहिरोले पुरेको जानकारी दिएपछि अस्थायी प्रहरी पोष्ट स्यालाखदीबाट प्रहरी सहायक निरीक्षक जयराम रावलको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयसमेतको सहयोगमा एक जनालाई जीवित उद्धार गरेको र अन्य दुई जनाको शव निकालेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

Next Post

आठ पुलिसका हत्या आरोपी ‘दुबे’ इन्काउन्टरमा मारिए

२६ असार २०७७, शुक्रबार १३:३७
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : डिएसपीसहित ८ जना प्रहरीको हत्या गरि फरार रहेका भारतका मोस्ट वान्टेड अपराधी विकास दुबे प्रहरीको इन्काउन्टरमा मारिएका छन् । उज्जैनबाट दुबेलाई लिएर प्रहरीले कानपुर जाँदै थियो । दुबेलाई लिएर जाँदै गरेको एसटीएफको गाडी शुक्रवार बिहान ६ बजे दुर्घटनाग्रस्त भएको थियो । घटनापछि पुलिसको पेस्तोल खोसेर दुबे […]

सम्बन्धित