२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

साढे २२ किलो चरेशसहित दुई पक्राउ



सदरलाइनडटकम,
बुटवल : प्रहरीले साढे २२ किलो चरेससहित २ जनालाई नियन्त्रणमा लिएर अनुसंनधान सुरु गरेको छ ।

सोमबार प्रहरीको ५नं प्रदेश व्युरो कार्यालयबाट प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको कमाण्डमा खटिएको टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुलाई रुपन्देहिको बुटवल उप–महानगरपालिका–१२ तामनगर हरियालि टोलबाट साढे २२ किलो चरेश सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मी मदाने गाँउपालिका वडा नं. ६ निवासी २९ बर्षिय मेघराज गिरी र पुर्वि रुकुम सिस्ने गाँउपालिका स्यालपाखा निवासी ३५ वर्षिय रतिमान दमाई रहेका छन् ।

सो घटनाा बारे थप अनुसन्धान भैरहेको प्रहरीको ५ नं प्रदेश व्युरो कार्यालयले जनाएको छ । गत शनिबार मात्र सोही टोलीले पाटे बाघको छाला सहित एक जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमबार
ताजा समाचार